ताजा अपडेट »

स्वर्गद्वारी दुर्घटना अपडेट : प्रशासकीय अधिकृतसहित ४ मृतकको सनाखत

बुधबार, ०१ बैशाख २०७८, १४ : ३९
4 Shares

बुटवल । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित ४ जना मृतकको सनाखत भएको छ ।

मृत्यु हुनेमा स्याङ्गजा घर भएका प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, धुर्कोट गाउँपालिका–७ का ईश्वरी भण्डारी, रेसुङ्गा नगरपालिकाका सूर्य प्रसाद पन्थी र मुसिकोट गाउँपालिका–३ का जीप चालक केशव पन्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ४ जनाको गम्भीर घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ भने अन्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । बुधबार गुल्मीबाट प्यूठानको तिर्थस्थल स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप रुमालेमा दुर्घटनामा परेको थियो ।

https://www.globalaawaj.com/archives/98381
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।