ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना : १ जनाको मृत्यु, १ घाइते

आइतबार, २९ चैत्र २०७७, १२ : ११
2 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशा तर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइलकलाई आइतबार बिहान ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका २१ वर्षका सञ्जय खनालको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । यस्तै मोटरसाइकलको पछाडी सवार प्यूठानको झिमरुक गाउँपालिका–२ का फिरज क्षेत्री घाइते भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

https://www.globalaawaj.com/archives/91696
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।