ताजा अपडेट »

विश्वकप क्रिकेट : भारतद्वारा अस्ट्रेलिया पराजित

सोमबार, २७ जेठ २०७६, १० : ३०
4 Shares

जेठ २७,

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार दुई प्रभावशाली टोली साविक विजेता अस्ट्रेलिया र भारत विच भएको खेलमा भारतले दोस्रो जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको भारतले दिएको ३५३  रनको लक्ष्य अस्ट्रेलियाले पूरा गर्न नसक्दा पराजित भएको हो ।  आइतबार भएको खेलमा भारतले पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई ३६ रनले पराजित गर्‍यो ।

भारतले दिएको ३ सय ५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो । यी दुवै टोलीलाई विश्वकप उपाधि दाबेदारका रुपमा हेरिएको थियो । दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन् ।

साविक विजेता अस्ट्रेलियालाई आइतबारको पराजयले विश्वकप जित्ने यात्रामा नराम्रो धक्का लागेको छ । अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।