April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

घुस लिएको अभियोगमा मुद्दा

327

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभिन्न निर्माण व्यवसायी एवं उपभोक्ता समितिसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । सिनियर डिभिजनल इञ्जिनीयर अधिकारी र सब–इञ्जिनीयर जीतबहादुर तामाङविरुद्ध समान बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

पछिल्लो अपडेट