२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । बुटवलको मिलनचोकमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । विहिबार राती सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल उपमहानगरपालिका–९ मिलनचोक स्थित बाजेको सेकुवा अगाडी पूर्वबाट पश्चिम आउँदै गरेको अनटेस्ट मोटरसाइकल को १ ख ५८८६ नम्बरको टिप्परमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–४ अमरपथका अन्दाजी २० वर्षीय मोटरसाइकल चालक विशाल रसाईली गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्रफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते रसाईलीलाई उपचारका लागि मेडिकल कलेज भैरहवामा लगिएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि थप उपचारका लागि मेडिकल कलेजमा रिफर गरिएको हो ।

दुर्घटना पश्चाप टिपरलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप