७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

डोटी । यहाँस्थित कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।

Advertisement

सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन् भन्ने हेतुले उक्त अभियानको शुरुआत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उता सुदूरपश्चिम प्रदेश सरकारले पनि ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ भन्ने अभियान शुरुआत गरेसँगै यहाँका सरकारी कार्यालयमा गएर कर्मचारीको स्वास्थ्य परीक्षण अभियान शुरुआत गरिएको हो ।

उक्त अभियानअन्तर्गत पहिलो दिन बिहीबार प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायत जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कर्मचारीको स्वास्थ्य परीक्षणअन्तर्गत उच्च रक्तचाप, मोटोपना, बिएमआई, मधुमेहको मात्रा, कोलेस्ट्रोल, केटिनाइनलगायतका रोगको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक सूर्य विष्टले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले सञ्चालन गरेको कर्मचारीको स्वास्थ्य जाँच अभियान फाइदाजनक रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । कर्मचारीको स्वास्थ्य जाँच अभियानको शुरुआतले प्रत्येक व्यक्ति स्वस्थ हुनुपर्छ, सक्रिय हुनुपर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिने गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । स्वास्थ्य परीक्षण टोलीमा ल्याबका कर्मचारी, नसर्ने रोगसम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी सहभागी हुने गरेका छन् । पहिलो चरणअन्तर्गत जिल्लास्थित सरकारी कार्यालय र दिपायलमा रहेका सङ्घ तथा प्रदेश सरकार मातहतका कायालयमा कार्यरत कर्मचारीको स्वास्थ्य परीक्षण गरिन थालिएको छ । यसैगरी आगामी दिनमा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखाको समन्वयमा जिल्लाव्यापी बनाउने योजना रहेको जिल्ला स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने