१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी (लोहनी) जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व चुहावट गरेको पाइएको छ ।

विभागले सन्तोषी-लोहनी जेभीका सञ्चालक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेलविरुद्ध पनि समान बिगो कायम गरेको छ । विभागका अनुसार उनीहरुले सर्वसाधारणको नागरिकता र सहीछाप दुरुपयोग गरेर रु ३३ लाख ३१ हजार २२ बराबरको भ्याट र रु ५९ लाख ४६ हजार ४६८ बराबरको राजश्व चुहावटसमेत गरेको पाइएको छ । सन्तोषी–रौताहा जेभीको नाममा उनीहरुले उक्त कसुर गरेको पाइएको विभागले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग