ताजा अपडेट »

रोटरी म्याराथनको उपाधि अनिश थापालाई

शनिबार, २२ फागुन २०७७, ०९ : ३७
2 Shares

बुटवल । ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा आयोजित रोटरी म्याराथनको उपाधि भारतिय गोर्खा राईफल्समा कार्यरत अनिश थापाले प्राप्त गरेका छन । रोटरी क्लब अफ भैरहवाको आयोजना तथा रिजन ५ का रोटरी क्लव तथा जोन ११र १२ का रोट्रयाक्ट क्लवहरुको सहआयोजनामा सम्पन्न भएको प्रतियोगितामा बुटवलदेखि भैरहवासम्म २१.१ किलोमिटरको दुरी १ घण्टा ६ मिनेट ३९ सेकेण्डमा पार गर्दै उपाधि चुम्न सफल भएका हुन ।

उक्त प्रतियोगितामा सहभागी १९९ धावकहरुलाई पछि पर्दै उनले नगद १ लाख पुरस्कार राशी प्राप्त गर्न सफल भएका भए । यसैगरी प्रतियोगिमा उपविजेता बनेका भारतीय गोर्खा राईफल्सका दिपक सुहाङले नगद ७५ हजार प्राप्त गरेका छन । उनले २१ किलोमिटरको दुरी १ घण्टा, ८ मिनेट २५ सेकेण्डमा पार गर्न सफल भएका थिए । यस्तै तेस्रो स्थान हासिल गर्ने एपीएफका किरण बोगटीले नगद ५० हजार पुरस्कार राशी प्राप्त गरेका छन् । उनले १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गरेका थिए । प्रतियोगितामा सान्त्वना भएका मिलन कार्की र श्रीकेस राईले क्रमशः १ घण्टा १२ मिनेट ३८ सेकेण्ड र ३९ सेकेण्डमा दुरी पार गरेका थिए । उनीहरुले समान ५१०० रुपैयाँ नगद राशी प्राप्त गरेका छन ।प्रतियोगितामा २ सय जनाको सहभागीता रहेको थियो ।


रोटरी क्लब अफ भैरहवाको आयोजनामा भएको प्रतियोगिता लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोका पुष्पलाल पार्कबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै भैरहवाको सानू डिपार्टमेन्टल स्टोर चोकमा सम्पनन भएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए ।


मारुती फुडपार्क प्रा.लि.को उत्पादन काठमाण्डौं गेट प्रिमियम जिरा मसिनो चामलको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्ट तथा शाल्ट ट्रेडिङ कर्पोरेसनको सह–प्रायोजनरहेको उक्त प्रतियोगिता लाई बिजया स्टील ताथा मेघा फुड्सको सह सहयोग गरेका थिए । तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगर पालिका तथा सिद्धार्थनगर नगरपालिकाको समेत सहयोग रहेको प्रतियोगितामा गौतमबुद्ध सामुदायीक मुटु अस्पताल अस्पताल पार्टनर, लुम्बिनि जनरल ईन्सोरेन्स ईन्सोरेन्स पार्टनर, ग्लोबल पब्लिसिटी कम्पनि प्रा.लि. ईभेन्ट पार्टनर तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट होटल पार्टनरका रुपमा रहेका थिए । प्रतियोगिताको बुटवलको पुष्पलाल पार्कमा रुपन्देहीका वरिष्ठ प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलले रिबन काटेर तथा रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले सिटी फुकेर उद्घाटन गरेका थिए ।

यसैगरि प्रतियोगिताका लागि रोटरी क्लब अफ बुटवल, रोटरी क्लबअफ रुपन्देही, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ लुम्बिनी सिद्धाथनगर, रोटरी क्लब अफ सेन्ट्रल रुपन्देही, रोटरी क्लब अफ पाल्पा लुम्बिनी तथा रोटरी क्लव अफ तिनाउ बुटवल तथा जोन ११÷१२ का सम्पुर्ण रोट्रयाक्ट क्लवहरुको सह आयोजामा भएको थियो ।


रोटरी क्लव अफ भैरहवाकै आयोजनामा २ वर्षअघि विश्व पोलियो दिवसको अवसर पारेर ईन्ड पोलियो नारासहित १२ किलोमिटरको दौड समेत गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए ।

https://www.globalaawaj.com/archives/87941
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।