२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

काठमाण्डौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ ।

बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिए । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुन:स्थानापछि भने कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा सो बारेमा समेत सांसदको राय लिइने बताइएको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुन:स्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:स्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक