ताजा अपडेट »

ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना

विहीबार, २० फागुन २०७७, १३ : ३५
4 Shares

बनियानी। झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा बुधबार दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् ।को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बुधबार दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-००१ च ०१६७ नम्बरको कार र प्र१-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ-१ का ३० वर्षीय दिलीप रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हो । दुर्घटनामा कारमा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन् । घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ का प्रेमबहादुर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रासस
लेखकको बारेमा
रासस