April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना, एक जनाको मृत्यु

9.3K

बुटवल । रुपन्देहीको सैनामैनामा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–११ सालझण्डी (बनकट्टी) मा आइतबार दिउँसो बुटवलबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु ४२ प ७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे १ ख २६८६ नम्बरको ट्रक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको कपिलबस्तु नगरपालिका–९ का ३४ वर्षीय विमल गिरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनामा परी घाइते गिरीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।


Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145

पछिल्लो अपडेट