ताजा अपडेट »

बुटवलको तामनगरमा सवारी दुर्घटना, ३ जना घाइते

आइतबार, १६ फागुन २०७७, १५ : ३२
4 Shares

बुटवल । बुटवलको तामनगरमा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । आइतबार दिउँसो बुटवल तर्फ आउँदै गरेका लु १३ प ९२६० नम्बरको माटरसाइकल र लु ६ प ९१५० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय फर्सुराम श्रेष्ठ, सैनामैना नगरपालिका-१ का ४७ वर्षीय शिवप्रसाद बराल र सोही ठाउँकी ४० वर्षीय पार्वती बराल घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

https://www.globalaawaj.com/archives/85722
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।