ताजा अपडेट »

काठमाडौंमा फेरि बर्डफ्लु देखियो, १५ हजारभन्दा बढी कुखुरा नष्ट

शुक्रबार, १४ फागुन २०७७, १३ : ०२
8 Shares

काठमाडौँ । काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका अनुसार सो नगरपालिकाको वडा नम्बर १ का स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु रोग पुष्टि भएको हो।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार बर्ड फ्लु देखिएका ठाउँमा ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोइलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की १७ बट्टाई ३ हजार ५७० अण्डा र ३ हजार केजी दाना नष्ट गरी सुरक्षित तबरले तह लगाइसकिएको छ। यसअघि तारकेश्वरमा माघ दोस्रो र अन्तिम सातामा बर्ड फ्लु देखिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।