April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

बुटवलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

46.8K

बुटवल । बुटवलमा मोटरसाइकल अनियन्त्रित भई ट्याङकरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोे बुटवल उपमहानगरपालिका–८ सिद्धबाबा हस्पिटल नजिक लु २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ना १ क ८२ ५२ नम्बरको ट्याङकरमा ठोक्किन पुगेको थियो ।

दुर्घटनामा परी पाल्पाको तिनाउ–१ कचल, झिगामारा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३३ वर्षका दोलक बहादुर पुन मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका पुनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।


Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145

पछिल्लो अपडेट