April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

बुटवलमा सवारी दुर्घटना हुँदा पन्थीको मृत्यु

66.9K

बुटवल । बुटवलमा बोलेरो (जीप)ले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । गयराति बुटवल उपमहानगरपालिका–१२ जितगढीमा बुटवल तर्फ आउँदै गरेको लु ४६ प ८१७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु १ च९०५० नम्बरको बोलेरोले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका ७ का ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते पन्थीको उपचारको क्रममा गयराति १ः ४५ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।


Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145

पछिल्लो अपडेट