ताजा अपडेट »

बसन्तपुर डाँडाबाट हेर्दापनि प्रचण्ड–माधव समूह देखिने छैनन् : मुख्यमन्त्री पोखरेल

शनिबार, ०१ फागुन २०७७, १५ : २०
6 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी चुनावमा ओली नेतृत्वको नेकपाले सर्वाधिक मत प्राप्त गर्ने बताएका छन् । उनले आधिकारिक नेकपा ओली नेतृत्वको नै रहेको बताउँदै आगामी चुनावमा लुम्बिनी प्रदेशमा ओली पक्षधर नेकपा मात्रै देखिने बताए । शनिबार नेकपा ओली पक्षधर नेकपा लुम्बिनी कमिटिद्वारा आयोजित विशाल जनसभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले प्रचण्ड माधव समूहलाई इंगित गर्दै भने ‘ आगामी चुनावमा हाम्रो दलललाई सर्वाधिक मत प्राप्त हुन्छ । उहाँहरुलाई बसन्तपुर डाँडामा चढेर हेर्दापनि देखिनु हुनेछैन । त्यसका लागि केवलकारको पनि शिलान्यास भइसकेको छ ।’ बसन्तपुर बुटवलदेखि उत्तरतर्फ पाल्पा जिल्लामा पर्ने पहाडी तथा अग्लो डाँडा हो ।

उनले प्रथम अध्यक्ष ,महासचिव रहेको दलनै आधिकारिक दल रहेको समेत दावी गरे । सात प्रदेश मध्ये नेकपा ओली पक्षधरको हाहुल्यता रहेको लुम्बिनी पूँजीगत खर्चमा मात्रै नभई कानून निर्माणमा पनि अगाडि रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।