ताजा अपडेट »

‘हृदयदेखि नै सेवा’ सिद्धार्थको मूल मन्त्र : क्षेत्रीय व्यवस्थापक न्यौपाने

शुक्रबार, २३ माघ २०७७, १८ : ४१
8 Shares

सन् १९९९ मा पश्चिम नेपालको टिकापुरबाट शुभारम्भ भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटलिटीका सेवा हाल देशभरका ११ बढी स्थानमा २८ वटा विभिन्न फरक किसिमका शाखाहरु रहेका छन्। सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटलिटीका हाल ११ वटा होटल, ४ वटा रेष्टूरेण्ट र ३ वटा क्याफे सञ्चालित छन् ।

यससँगै हस्पिटलिटीले विभिन्न अर्गानिक फार्म, ट्रेडिङ सेन्टर, होटल म्यानेजमेण्ट स्कूल, ट्राभल एजेन्सीहरु पनि सञ्चालन गरेको छ । पश्चिमदेखि पूर्वसम्म फैलिएको सिद्धार्थको सेवा नेपालको हस्पिटलिटी क्षेत्रमा छुट्टै स्वाद र पहिचान रहेको छ । देशभरबाट आन्तरिक पर्यटकको मात्रै नभई विदेशी पर्यटकको पनि मन जित्न सफल हस्पिटलिटीको सेवा यात्राले २३ औं वर्ष प्रवेश गरेको छ । यसै सन्दर्भमा हस्पिटलिटीको क्षेत्रमा विभिन्न स्थान र राज्यलाई नै टेवा पुर्याएको हस्पिटिलटी ग्रुपको सन्दर्भमा हस्पिटलिटीका क्षेत्रीय व्यवस्थापक महेन्द्र न्यौपानेसँग ग्लोबल आवाजका लागि गरिएको कुराकानी:

सन् १९९९देखि हालसम्म सिद्धार्थको २२ वर्षे यात्रका भौतिक उपलब्धीहरु के–कस्ता रहे ?

–सन् १९९९ मा यात्रा सुरु गरेको ग्रुपले सन् २००१ मा नेपालगञ्जमा, २००२ मा सुनधारा काठमाण्डौं, २००४ मा तिनकुने काठमाण्डौं, २००६ मा बानेश्वर काठमाण्डौं, २००८ मा नेपालगञ्जमै, २००९ मा चिसापानी कर्णाली, २००११ मा धोबीघाट काठमाण्डौं, २०१२ मा बुटवल, २०१५ मा सुर्खेत रिसोर्ट र क्याफे, २०१६ मा चुम्लिङटार,२०१९ न्यू आनन्द, २०२० ग्राण्ड सिटी, बिर्तामोड र २०२१ सम्म आउँदा सामना, हेटौंडा र काठमाण्डौंमा पनि आफ्ना शाखासँगै सेवा विस्तार गरेको छ । यी अन्तर्गत हालसम्म २८ वटा सेवाप्रदायक शाखा रहेका छन् ।

भौतिक प्रगतिसँगै २२ वर्षमा सिद्धार्थले हासिल गरेका अन्य उपलब्धीहरु के-कस्ता छन् ?

–यसका भौतिक उपस्थिति र संरचानासँगै ब्राण्ड बनेको छ । हस्पिटलिटका क्षेत्रमा एउटा गुणस्तरीय सेवा प्रदान गर्ने समूहका रुपमा स्थापित भएको छ । पश्चिमदेखि पूर्वका पर्यटक तथा खानाका पारखीहरुको रोजाई बनेको छ । हाम्रो सेवाबाट ग्राहकहरु सन्तुष्टि हुनुनै हाम्रो सन्तुष्टि र सफलता हो । संख्या भन्दा पनि हामीले हाम्रो सेवालाई गुणस्तरका दृष्टिकोणले फैलाउँदै अगाडि बढेका छौं । ‘सेवा, सद्भाव र आतिथ्य’ भन्ने मूलमन्त्रका साथ अघि बढेको सिद्धार्थ ग्रुपको दुई दशक बढीको यात्रामा ग्राहकवर्ग, सञ्चारकर्मी, माध्यम लगाएत सम्पूर्ण शुभेच्छुकहरु सारथी बन्नु भएको छ ।

२२ वर्ष पार गरी २३ औं वर्षमा प्रवेश गरेको अवसरमा के–कस्ता कार्यक्रम तथा अफरहरु ल्याउनु भएको छ?

–विगतका वर्षहरुमा पनि हामीले विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । यस वर्षको माहौल अल्लि फरक छ । तर,पनि हामी हाम्रा विभिन्न शाखाहरुमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालित छन् । हामीले बुटवलबाट रुपन्देहीको मायादेवी गाउँपालिका स्थित एक वडाका अपांगहरुलाई सहयोग गरेका छौं ।

यति लामो यात्रा र सफलताका लागि सिद्धार्थले अंगिकार गरेका वा सिद्धार्थमा पाइने विेशष्ताहरु के-कस्ता होलान् ?

–हस्पिटलिटी फरम द हर्ट, स्वास्थ्यमा संवेदनशिलता हाम्रा मुख्य विशेष्ता हुन् । हामी हृदयदेखिनै पाहुनाको स्वागत र सत्कार गर्दछौं । यहाँ पारिवारीक माहौल छ । हामी ग्राहकभन्दा पनि बढी अतिथि मान्दछौं । साथै उहाँहरुको स्वास्थ्यमा विशेष ध्यान दिई स्वस्थ, सफा र ताजा परिकार पस्कन्छौं । यसका लागि हामीले अन्तराष्ट्रिय स्तरकै मापडण्ड अपनाउँछौं । र, सोका लागि विशेष तालिम तथा प्रशिक्षण प्रदान गर्दछौं । हाम्रो सेवा प्रतक्ष्य स्वास्थ्यसँग जोडिएको हुनाले हामी अत्यन्तै संवेदनशिल छौं ।

यति विस्तारित व्यवसायिक तथा सेवामूलक संस्थामा कस्ता लगानीकर्ता तथा हालसम्म कति लगानी रहेको छ ?

–यहाँ संस्थापक,सक्रिय र निष्क्रिय गरी तीन किसिमका लगानीकर्ताहरु हुनुहुन्छ । सुरुवात गर्नेहरु संस्थागत लगानीकर्ता रुपमा हुनुहुन्छ । सक्रिय यहाँ कार्यरत सबै तहका कर्मचारीहरुको लगानी रहेको छ । त्यसैगरी अन्य विभिन्न क्षेत्र तथा स्थानमा मुख्यतया आवद्ध रही यहाँ लगानी गर्ने निष्क्रिय लगानीकर्ताहरु हुनुहुन्छ ।

हस्पिटलिटीको क्षेत्रमा लामो अनुभवसँगै के-कस्ता समस्या तथा चूनौतीहरुको सामना गर्नुपर्यो र छ ?

–विशेषगरी सरकारी नीतिमा नै समस्या छ । यस व्यवसाय तथा सेवा सम्बन्धी स्पष्ट नीति र सहज वातावरण छैन । यो व्यवसाय विशेषगरी पर्यटनसँग जोडिएको छ । निरन्तरको आमहड्ताल, बन्द, राजनीतिक अस्थिरताले यो क्षेत्र प्रभावित हुँदै आएको छ । झ्न पछिल्लो समयमा कोभिड–१९ का कारण ग्रस्त छ । तर, यसका समाधानका लागि सरकारी पक्ष र निकायबाट उपर्युक्त पह तथा योजना आएको छैन । आर्थिकदेखि जनशक्ति र सहजीकरणदेखि स्थापनासँगै सञ्चालनमा विभिन्न समस्या तथा चूनौतीहरु रहँदै आएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९बाट प्रभावित हुने क्षेत्रमा हस्पिटलिटी अग्रपंक्ति आउँछ । जसका कारण कैंयौ प्रभावित भए र काम गर्ने कर्मचारीहरु निकालिएपनि तपाइँकोमा अवस्था कस्तो छ ?

–कोभिड र लकडाउनका कारण यो क्षेत्र निकै प्रभावित भयो र छ पनि । यसबाट हामी पनि प्रभावित भयौं । तर, सेवा नै नदिने कर्मचारी नै हटाउनेतर्फ हामी लागेनौं । हामीले सबै सहकर्मीसँग सहजीकरण गरेर अगाडि बढ्यौं । त्यसैगरी हामीले सेवालाई पनि उच्च सतर्कताका साथ सञ्चालन गर्यौ । जस अन्तर्गत महामारीमा अघि रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतलाई सेवा प्रदान गर्यौं ।

ग्रुपका आगामी योजनाहरु के-कस्ता रहेका छन् ?

–सेवाको गुणस्तरसँगै विस्तार गर्ने योजनामा छौं । यसका लागि जुमलामा जग्गा खरिद भइसकेको छ । इलाममा जग्गा खरिद गरी प्रक्रिया अघि बढेको छ । पोखरामा पनि जाने तयारीमा छौं । नेपालका प्रत्येक शहरमा पुग्ने योजना अनुरुप अगाडि बढेका छौं । यससँगै ग्रामिण क्षेत्रका उत्पादनलाई खपत र प्रवद्र्धनका लागि पनि जोड दिने योजनामा छौं । जस अन्तर्गत हाल हामीले हाम्रा सबै शाखामा गुल्मीको कफी प्रयोगमा ल्याएका छौं ।

https://www.globalaawaj.com/archives/22582
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।