ताजा अपडेट »

स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण

सोमबार, १९ माघ २०७७, २२ : ०४
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा क्यान महासंघ रुपन्देहीको सहकार्यमा स्थानीय तहमा सुचना प्रविधिको प्रयोग सम्बन्धि अनुशिक्षण सम्पन्न भएको छ । उपमहानगरपालिकाका कार्यपालिका सदस्य, महाशाखा तथा शाखा प्रमुखहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शिवराज सुवेदीले आजको युग सुचना प्रविधिको युग भएको र प्रविधिको विकास र प्रगतिसँगै जोखिम पनि बढेकाले त्यसको सुरक्षाको उचित प्रवन्ध गर्नुपर्ने बताए । कार्यक्रममा विप्लवमान सिंहले डिजिटल हस्ताक्षरका बारे तथा विवेक शमशेर राणाले साइबर सुरक्षाका सन्दर्भमा अनुशिक्षण गरेका थिए । यसैगरी अनुप वास्कोटाले स्थानीय तहमा सुचना प्रविधिको प्रयोगको अवस्थाका बारे जानकारी गराए । कार्यक्रममा क्यान महासंघका अध्यक्ष नबराज कुवँर, केन्द्रीय सदस्य नारायण श्रेष्ठ, क्यान रुपन्देहीका अध्यक्ष रामुदेव गौतम लगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।