ताजा अपडेट »

उद्योगको वर्गीकरण गरी सामाजिक सुरक्षा योजना लागू गर्न माग

मंगलबार, १३ माघ २०७७, २२ : ३२
6 Shares
मंगलबार, १३ माघ २०७७
6 Shares

बुटवल । सरकारले एकतर्फी ढंगबाट लागू गरेको सामाजिक सुरक्षा योजनाले उद्योगीहरु संसकित र चिन्तित भएको बताएका छन् । सम्बन्धित क्षेत्रहरुसँग गम्भिर छलफल नै नगरी ल्याइएको योजनाले आफूहरु मारमा परेको उद्योगीहरुको गुनासो रहेको छ ।

सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग संघको संयुक्त आयोजनामा मँगलबार बुटवलमा भएको सामाजिक सुरक्षा योजना बिषय अन्तक्र्रियामा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले सामाजिक सुरक्षा योजनाले उद्योगीहरु संसकित र चिन्तित हुनुका साथै यस विषयमा जानकार नै नभएको बताए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रशासकीय अधिकृत प्रकाश घिमिरेले कोष स्थापना, संचालन कार्यविधि र गतिविधिहरु सम्बन्धमा सहजीकरण गरेका थिए ।

सहभागी उद्योगीहरुले सबै उद्योगहरुलाई एउटै दाँजोमा राखेर सामाजिक सुरक्षा योजना अनिवार्य गरिनुले घरेलु तथा साना उद्योगहरु अप्ठेरोमा परेको बताए । उद्योगहरुको मापदण्ड तयार गरेर क्रमशः योजना लागु गर्नुपर्ने र सबै उद्योगीहरु तत्कालै सहभागी हुन नसक्ने उनीहरुको धारणा थियो । उद्योगी विवेक रत्न गुभाजु, रमेश आचार्य, शारदा रेग्मी भट्टराई, विनोद प्रसाद चौधरी, महेन्द्र कार्की लगायतले जिज्ञासा राख्दै यस्तो बताएका हुन् । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार लगाएतका उद्योगीहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।