ताजा अपडेट »

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, १३ जना घाइते

विहीबार, ०१ माघ २०७७, १५ : ४४
4 Shares

गुल्मी । गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजा जिल्लाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

सवारी जीप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जनामध्ये १३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानिय मेडिकल स्याङ्जाको मिर्मीमा उपचार भई रहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पाण्डेले बताए । दुर्घटनामा जिल्लाको कालिगन्डकी गाँउपालिका वडानम्बर–२ अर्बेनी बस्नेहरु बर्ष ६० को ओमप्रसाद पान्डे, बर्ष ५५ को सोभाखर पाण्ड, बर्ष ५० को शिबलाल पाण्डे, बर्ष १४ की हीरा पाण्डे रहेका छन् ।

त्यस्तै बर्ष ५ को श्रीस पाण्डे, बर्ष २८ को गोबिन्द पाण्डे, बर्ष २५ को (दुलाहा) कृष्ण पान्डे, बर्ष २० को नबिन पाण्डे, बर्ष २४ को हिमाल पाण्डे, बर्ष १६ को बिष्णु पाण्डे, बर्ष २६ की तुल्सा पाण्डे, बर्ष ५५ को खीमानन्द पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चालक स्याङ्जा कालिगन्डकी गाउँपालिका वडानम्बर–.४ बस्ने बर्ष २८ को राजन पान्डे नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।