१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

साङ्केतिक तस्वीर

बागलुङ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत बरेङ गाउँपालिकाले ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम लागू गरेको छ । विद्यार्थीमा शान्ति, सुरक्षा एवं सुव्यवस्थाका विषयमा जीवनपयोगी शिक्षा हासिल गराउने कार्यक्रमको उद्देश्य छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र इलाका प्रहरी कार्यालय बरेङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाबीच समझदारीपत्रमा हस्ताक्षर भई कार्यक्रम कार्यान्वयनमा गइसकेको छ ।

Advertisement

‘बरेङ समाज, सभ्य समाज’ को आदर्श बाक्यलाई व्यावहारिक रुपमा सार्थकता दिन कार्यक्रमले सघाउने विश्वास लिइएको छ । शान्ति सुरक्षालाई सुव्यवस्थित गर्ने, विद्यार्थीलाई असल र जिम्मेवार नागरिक बनाउन नैतिक शिक्षा दिलाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । लागुपदार्थ र्दुव्यशन निराकरण, सामाजिक सञ्जालको दुरुपयोग, विद्युतीय अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलगायतका विषयमा पनि प्रहरीले विद्यार्थीमाझ पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । यसैगरी सडक दुर्घटना कम गर्न ‘जोखिमपूर्ण यात्रा बहिष्कार, हाम्रो सुरक्षाको आधार’ लक्ष्य हासिल गर्न विद्यालयस्तरबाटै ट्राफिक सचेतना अभियान चलाइने भएको छ ।

विपद् व्यवस्थापनसम्बन्धी खोज, उद्धार, राहत र पुनःस्थापनाका विषयमा पनि विद्यार्थीलाई अभिमुखीकरण गरिने छ । अपराध रोकथाम, सामाजिक विकृति, विसङ्गतिविरुद्धको सामाजिक अभियानमा समेत विद्यार्थीको सहभागिता बढाउन कार्यक्रम प्रभावकारी हुने प्रहरी निरीक्षक देवकोटाको भनाइ छ । गाउँपालिकालाई कार्यक्रमको अनुगमन गर्ने र इलाका प्रहरी कार्यालयलाई त्यसको कार्ययोजना ल्याउने जिम्मा छ ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा गाउँपालिकाले एकमुष्ट रुपमा रु ५० हजार प्रहरी कार्यालयलाई उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । गाउँपालिकाभित्र रहेको सबै सामुदायिक विद्यालयका कक्षा ८ देखि १० सम्मका र सर्वोदय क्याम्पसका सबै विद्यार्थीबीचमा सचेतना कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रमका लागि एउटा विद्यालयलाई कम्तीमा दुई घण्टाको समय प्रबन्ध गरिएको छ । समझदारीपत्रमा आउँदो चैत मसान्तभित्रलाई कार्यक्रम कार्यान्वयनको अवधि तोकिएको छ ।

आगामी वर्षमा पनि कार्यक्रमले निरन्तरता पाउने गाउँपालिकाले जनाएको छ । समुदायमा सदाचार, शिष्टाचार र नैतिकताको संस्कृति बसाल्न पनि ‘प्रहरीसँग एकदिन विद्यार्थी’ कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ । समाज सुधार र जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाले यसअघि ‘बुहारी स्वागत’लगायतका कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने