ताजा अपडेट »

यात्रुबाहक बस भेरी नदीमा खस्यो, १ जनाको मृत्यु

विहीबार, २३ पुस २०७७, १८ : १७
18 Shares

दाङ । कर्णाली प्रदेशको सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार सुर्खेतको बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खस्दा दाङका एक जनाको मृत्यु भएको छ । रिजर्भ भएर गएको उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका ९, भुल्के नजिकै भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा अन्य २ जना घाईते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।