ताजा अपडेट »

बुटवलको पश्चिमाञ्चल फाईन्नस अगाडि सवारी दुर्घटना, १ जनाको मृत्यु

सोमबार, २० पुस २०७७, १७ : २७
4 Shares

बुटवल । बुटवलको पश्चिमाञ्चल फाईन्नस अगाडी सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।सिद्धार्थ राजमार्ग अन्र्तगत चौराहाबाट मिलनचोक तर्फ जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाइकलाई लु १ क ३३७० नम्बरको मिक्सचरले सोमबार ११ः १५ बजेतिर ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

ठक्करबाट मोटरसाइकलका चालक गुल्मीको रेसुङ्गा नगरपालिका–४ का २० वर्षीय सरोज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । मिक्सचरको ठक्करबाट घाइते भण्डारीको उपचार लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो भने त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मणिग्राम स्थित क्रिमशन अस्पतालमा रिफर गरिएको थियो ।

उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मिक्सचर र मिक्सचर चालक लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।