ताजा अपडेट »

कालीगण्डकी करिडोरको भिरबाट ट्रक खस्यो, ३ जनाको मृत्यु

बुधबार, ०८ पुस २०७७, १३ : ३१
2 Shares

नवलपुर । कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित करिडोरको भोक्रोफाँटमा भिरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । घटनास्थल गैंडाकोटस्थित पूर्व(पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।