ताजा अपडेट »

नेप्सेमा साताको पहिलो दिनमै ‘नेगेटिभ सर्किट’

आइतबार, २१ मंसिर २०७७, १५ : ०१
14 Shares

काठमाण्डौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) परिसूचकमा साताको पहिलो दिन आज नगेटिभ सर्किटले बन्द गर्नु परेको छ । बजार समय ४५ मिनेट अघिनै कारोबार बन्द भएको हो । कारोबार भएको शुरुवात देखिनै घटिरहेको बजार २ बजेर १५ मिनेट जाँदा ६ प्रतिशतको गिरावटसँगै १२३.३४ अंकले घटेपछि बन्द भएको छ । आज शेयर बजारमा ७ अर्ब २० करोडको कारोबार भएको छ । भने नेप्से सूचकांक एक हजार ९ सय ३२ दशमलब ११ विन्दुमा आइपुगेको छ ।

आज डिप्रोस डेभलपमेन्ट बैंक १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्स कम्पनी ९.९७ प्रतिशतले घटेको छ भने साञ्जेन जलविधुत कम्पनी पनि ९.९९ प्रतिशतले घटेको छ । त्यसैगरि १० प्रतिशतभन्दा बढी गिरावट आउनेमा नेपाल टेलिकम, आइ डेन्सिटी लिपोप्राटिन, शिभम् सिमेन्ट, हिमालयन जनरल इनस्योरेन्स, परवार्ड माइक्रोफाइनान्स, नेशनल लाइफ इनस्योरेन्स रहेका छन् । यसैगरि, नेको इनस्योरेन्स, सर्भिस म्यासेज ब्लक, नाडेप लघुवित्त, स्वावलम्बन लघुवित्त, एनएमबी लघुवित्त कम्पनीमा बढी गिरावट आएको छ ।

https://www.globalaawaj.com/archives/67468
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।