बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले आगामी ३ वर्षका लागि हुमबहादुर क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा प्रकाश बश्याल र ताराबहादुर बस्नेत, सचिवमा केशब पौडेल, सहसचिवमा पर्शुराम चौधरी र दामोदर श्रेष्ठ, कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा जंगबहादुर खड्का, दिनेश खनाल, अर्जुन पौडेल, बासुदेव अर्याल, विष्णु ठकुरी, जितेन्द्रमान लिगल, विनोद मल्ल, तोरण पोखरेल, लिलाबहादुर सार्की, रामबहादुर थापा, धनबहादुर गाहा, मदन थापा, कृष्णबहादुर दर्लामी, नवराज पाण्डेय, राजेन्द्रबहादुर चलाउने, कृष्ण विक, खिमाकुमारी विक, मिना नेपाली, विष्णु सापकोटा, कपिल रसाइली, दीपक सुनार र गिरीराज पोखरेल रहेका छन् ।
अधिबेशनको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गर्दै सामाजिक सुरक्षाको ज्ञारेन्टी नभएसम्म यातायात क्षेत्रका मजदुरहरुको पलायन नरोकिने बताए । सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भए मात्रै श्रमिक वर्गले न्याय पाउने बताउँदै उनले यातायात व्यसायीहरुलाई आफ्ना चालक सहचालक र कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आग्रह गरे ।
लामो समयदेखि यातायात क्षेत्रमा लागेका मदजुरलाई मालिक बनाउन संगठनले योजनाबद्ध रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो । जिफन्ट केन्द्रीय उपाध्यक्ष विदुर कार्कीले श्रम ऐनको कार्यान्वयन मुख्य चुनौतीको विषय बनेको बताए । श्रम ऐन २०७४ लाई कार्यान्वयन गर्नका लागि सबै क्षेत्रका श्रमिक एकीकृत भई शसक्त ढंगले लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले अहिलको अवस्थामा यातायात मजदुरका समस्या समाधान गर्न नसक्ने उल्लेख गर्दै यसलाई तत्काल संशोधन गर्न जरुरी रहेको बताए ।
क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको बताउँदै उनले देशभर रहेका सबै यातायात प्रालिमा समाजिक सुरक्षा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । हरेक दिन सडक दुर्घटनाका कारण ७/८ जना मानिसको मृत्यु भइरहेकोले यसलाई रोक्न चालक सहचालकलाई सचेतना, स्तरीय सडक निर्माण, सवारीको यान्त्रीक परिक्षण साथै मानविय चेतनाको विकास आवश्यक रहेको उनले बताए । लुम्बिनी प्रदेशका अध्यक्ष मोहनबहादुर क्षेत्रीले मजदुरहरु संगठनमा आबद्ध नहुँदा आर्थिक लाभ लिनबाट बञ्चित हुनुपरेको बताए । सदस्य नभएमा बिमाबापतको रकम नपाइने भएकाले अनिवार्य रुपमा सदस्य बन्न उनले आग्रह गरे ।
हाल लुम्बिनी प्रदेशका १० वटा जिल्लामा कमिटी विस्तार भइसकेको ३ हजार २ सय बढी मजदुर संगठनमा आबद्ध रहेको अध्यक्ष क्षेत्रीले बताए । आफ्नो कार्याकालमा सम्पन्न भएका बिभिन्न महत्वपूर्ण कामहरु जानकारी गराउँदै उनले सुरु भएका काम सम्पन्न गर्नका लागि आबश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवलका कार्यलय प्रमुख केदार पौडेल, पश्चिम नेपाल बस व्यवसायी प्रा।लिका अध्यक्ष दधि खरेल, लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष रूमाखर गौतम, संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे, संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुहादुर खत्री, नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने लगायतले आआफ्नो भनाइ राख्दै मजदुरको हक हितका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा उत्कृष्ट कर्मचारी भिमबहादुर बगाले र कृणनाथ श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै ज्यान गुमाएका सदस्यहरुका परिवारलाई बिमा वापतको रकम र घाइते भएका सदस्यहरूलाई उपचार खर्च समेत प्रदान गरिएको थियो । संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश बश्यालको स्वागत तथा सचिव हुमबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया