काठमाडौँ । भारत र पाकिस्तानबीच जारी द्वन्द्व रोक्न अमेरिकाले आफ्नाे मध्यस्थतामा युद्ध विराम गराउन गरेको प्रयासका लागि अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक संजाल ‘एक्स’ मा लेखेका छन् – ‘क्षेत्रीय शान्तिका लागि राष्ट्रपति ट्रम्पको नेतृत्व र सक्रिय भूमिकाका लागि आभार प्रकट गर्दछौं । पाकिस्तानले यो परिणामलाई क्षेत्रीय शान्ति र स्थायित्वको हितमा स्वीकार गरेको छ र यसमा सहयोग पुर्याएकोमा संयुक्त राज्य अमेरिका प्रति आभार व्यक्त गर्दछ ।’
उनले दक्षिण एसियामा शान्तिका लागि गरिएको महत्वपूर्ण योगदानका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रूबियोप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिक्रिया