January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

25.3K

बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल अनियन्त्रि भई सडकको डिभाईडरमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालीका–७ भलवारी स्थित सिद्वार्थ राजमार्ग सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आइतबार राति आफै अनियन्त्रि भई सडकको डिभाईडर ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलको पछाडस् सवार सोही ठाउँका २० वर्षीय हरि गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएको दुवै जनाको उपचारको क्रममा आइतबार राति क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

पछिल्लो अपडेट