८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

दाङ। मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई जना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको अख्यियारको टोलीले कार्यालयको तामेली फाँटमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रबार दिउँसो १ बजे कार्यालयबाटै सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारको कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले जग्गा नापजाँच गरी पुर्जा बनाईदिने भन्दै सेवा ग्राही संग घुस रकम मागेको भन्ने गोप्य सूचनाको आधारमा गएको अख्तियारको टोलीले ३ लाख २० हजार नगदसहित रंगेहात पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ । २०२६ सालमा सर्भे भएको जग्गाको बाबुको नाममा नापी कायम भएको तर छोराको नापी कायम नभएको हुँदा जग्गाको नापी कायम गर्नका लागि उक्त रकम सेवा ग्राहीसँग उनीहरुले माग गरेको बताईएको छ । पक्राउ परेकाहरुमाथी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढेको अख्तियारको कार्यालय नेपालगञ्जले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई नेपालगञ्ज लगिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर