ताजा अपडेट »

एक लाख घुससहित सहायक रजिस्टार पक्राउ

मंगलबार, ०१ माघ २०७५, १७ : २६

माघ १,

काठमाडौँ  ।  कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थी एक लाख घुससहित पक्राउ परेकी छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पन्थीलाई एक लाख घुस रकमसहित सोमबार नियन्त्रणमा लिएको हो।

रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिन जाँदा राजश्व रकम कम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले पन्थीलाई पक्राउ गरेको हो।

पन्थीले सेवाग्राहीसँग घुस लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा काठमाडौँ १४ स्थित एनएमबी बैंकको पार्किङबाट दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले नेपालखबरलाई जानकारी दिए।

पक्राउ परेका दुवैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।