ताजा अपडेट »

लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः आलम

सोमबार, ३० पुस २०७५, १५ : ४४
40 Shares

पुस ३०,

बुटवल । नेपालकै पहिलो सामुदायिक टेलिभिजन ,लुम्बिनी सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम चयन हुनुभएको छ । विकासका लागि सञ्चार अभियानद्धारा ईम्मोड नेपालद्वारा सञ्चालित लुम्बिनी सामुदायिक टेलिभिजनको १६ औ वार्षिक साधारण सभा तथा छैठौ अधिवेशनबाट पुनः अध्यक्षमा आलम चयन हुनुभएको हो ।

यस्तै सञ्चालक समितिको उपाध्यक्षमा सुरज भट्राई, महासचिवमा दिनेश पाण्डे, कोषाध्यक्षमा सुरज पाण्डेय, सचिवमा सरला भण्डारी, सह कोषाध्यक्षमा जीवन प्रसाद अधिकारी चयन हुनुभएको हो । यस्तै विशिष्ठ सदस्यहरुमा माधव नेपाल र प्रेम नाथ पाण्डे चयन हुनुभएको छ । खुल्ला सदस्यमा रिता केसी, हरी प्रसाद ढुंगाना, चिरञ्जीवी अधिकारी चयन हुनुभएको हो ।

यस्तै लेखा समिति संयोजकमा रामप्रसाद खरेल रहनुभएको छ भने सदस्यमा झविन्द्र फुल्लेल, सागर बस्याल रहनुभएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।