ताजा अपडेट »

वैदेशिक रोजगार त्यागेर भैँसीपालनमा, मासिक ५० हजार आम्दानी

विहीबार, ११ भदौ २०७७, १५ : ३१
6 Shares

गुल्मी । रोजगारीको शिलसिलामा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन । तर गुल्मीमा केही यस्ता युवा पनि छन् जो स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर कम्मर कसेर लागि परेका छन् । स्वदेशभित्रै पनि अथाह सम्भावना छ भनेर केही युवा अहिले समाजमा उदाहरणीय पात्र बन्न थालेका छन् । यस्तै मध्ये गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर-४ का तोयनारायण पाण्डे उदाहरणीय पात्र हुन् ।

वैदेशीक रोजगारिको शिलसिलामा पाण्डे १४ वर्षको उमेरमा भारत गएका थिए । भारतमा पनि कमाई नभएपछि मलेसिया र कतारमा ९ वर्ष जति बसेर फर्किएका हुन् । उमेरको झण्डै २५ वर्ष प्रदेशमा बिताएका पाण्डेले कुनै प्रगति नभएपछि कृषि पेशामा हात हालेका हुन् । प्रदेशको कमाइले कुनै प्रगति नभएपछि कृषि पेसातर्फ लागेको उनले बताए । निर्वाहमुखी कृषिलाई व्यवसायिक तरिकाले गर्ने सोँचले भैँसी पालनबाट पेशालाई व्यावस्थित गर्दै आएका छन् ।

पाण्डेले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । विदेशमा धेरै दुखः कष्ट गरेको कमाइले कुनै प्रगति गर्न नसकेपछि पाण्डेले आफ्नै घरमा २ वटा भैँसीबाट सुरु गरेको दुग्ध व्यवसाय भैँसीपालनबाट मासिक ५० हजार रुपैयाँ भन्दा बढि आम्दानी हुन थालेको छ ।

पाण्डेको फर्ममा ४ वटा दुध दिने भैँसी छन् । एउटा भैँसीले कम्तिमा पाँच लिटर भन्दा बढि दूध दिन्छन् । हाल दैनिक २० लिटर दुध उत्पादन हुन्छ । उक्त दूध तम्घास बजार लगेर आफैले बेच्ने गरेको उनको भनाई छ । भैँसीको दुधको प्रति लिटर ९० रुपैयाँ पर्दछ भने माग पनि बजारमा धेरै छ । थोरै लगानीबाट व्यावसायिक भैँसीपालन शुरु गरेका तोयनारायण पाण्डेले एक वर्ष भित्र १० वटा भैँसी पुर्याउने लक्ष्य रहेको बताए । कतैबाट सहयोग नभएको र भैँसी थप्ने योजना भएपनि लगानीको समस्याका कारणले बिस्तारै बढाउने बताए ।

भैँसी पालनसँगै सुन्तला खेती पनि गरेका छन् । उनले सुन्तला मात्रै बेचेर बार्षिक डेढलाख कमाई गर्ने गरेको बताए । कृषि पेशाबाट भएको आम्दानीबाट ३ जना छोराछोरीलाई पढाउन र घर खर्च गर्न समस्या नपरेको उनको भनाई छ । प्रदेशमा गर्ने मेहनतले घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र राम्रो आम्दानी पनि गर्न पाइने भएकाले यो पेशा तर्फ आर्कर्षित छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।