२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

फाइल तस्वीर

त्रिशूली । नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । प्रचलित कानूनअनुसार असारदेखि भदौसम्म नदी र खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने व्यवस्था भए पनि लुकिछिपी बालुवा उत्खननमा संलग्न एक स्काभेटरसहित १० टिपरलाई यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्लेका अनुसार त्रिशूली नदीबाट अवैधरूपमा बालुवा झिक्दै गरेको एक स्काभेटरलाई सोही स्थानमा साङ्लो लगाइएको छ भने १० टिपर नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएको छ । अवैधरूपमा नदीजन्य सामग्री झिक्ने स्काभेटरसहित ओसारपसारमा संलग्नलाई नगद जरिवाना तिराउने कानूनी व्यवस्था रहेको जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म रु एक लाख ७० हजार राजश्व सङ्कलन भइसकेको छ भने अझै केही सवारी साधनमाथि कारवाहीको प्रक्रिया भइरहेको छ । गएको वर्ष नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्री उत्खननमा संलग्न रहेका सवारी साधनमाथि गरिएको कारवाहीमा रु १२ लाख १० हजार राजश्व सङ्कलन भएको थियो । खोला र नदीबाट अवैधरूपमा उत्खनन गरेर सङ्कलन गरिएको बालुवालगायतका नदीजन्य सामग्रीको लिलाम गर्न लागिएको छ ।

जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले गत वर्षको बर्खायामदेखि हालसम्म अवैधरूपमा उत्खनन गरेर थुपारेका नदीजन्य सामग्री जफत गरेर त्यसलाई बढाबढमा बिक्रीका लागि लिलाम निकाल्न स्थानीय तहलाई निर्देशन दिएको संयोजक तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नदी र खोला किनारमा थुपारिएका अवैध बालुवा करिब रु एक करोड रहेको अनुमान छ ।

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?