१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

अहिले हामी समाजको वर्तमान परिवेश हेर्दा महशुस गर्न सक्छौं ‘सामाजिक दूरी आफैंमा एक गलत सब्द हो ।’सामाजिक दूरी भनेको खासमा भौतिक दूरि हो। भौतिक दूरी भनेको एउटा ब्यक्तिले अर्कोलाई , एउटा समाजले अर्को समाजलाई हेप्ने , चेप्ने टाढा बनाउने भनेको होइन। समाजबाट नै टाढा भाग्न खोज्नु ‘सोसल डिस्ट्यान्सिङ्’ होइन। हामीले यसलाई सामाजिक प्रतिष्ठाको रूपमा अथ्र्याउन हुँदैन। विकसित देशमा प्रधानमन्त्री आफैंले नै कोरोना भयो भनेर औषधि गरेर घर फर्किएका उदाहरण छन् । तर, हाम्रोमा भने सुरुदेखि नै कोरोना संक्रमित ब्यक्तिको नाम गोप्य राख्ने चलन बनाइयो । यस्तै संकिर्ण चेतनाको स्तरले गर्दा अहिले समाजमा मानिसहरू एक अर्कासँग गुमनाम भई बस्ने बातावरण बनेको छ ।

Advertisement

अब हामीले यो बुझ्न आवश्यक छ कि,भौतिक दूरीले कोरोनाबाट मात्र होइन,अरु रोगबाट पनि बचाउँछ । हामीले भौतिक दूरीलाई सकारात्मक तवरबाट हेर्न सक्यौं भने मात्र यसले हामीलाई सकारात्मक प्रभाव पार्ने हो । हैन भने यसले समाजलाई नकारात्मक दिशातिर धकेलिरहनेछ । मानिस सामाजिक प्राणि भएकोले उसका लागि सामाजिक परिवेश महत्वपूर्ण हुन्छ । तर , मानिसले जहिले पनि पहिला आफू बाँच्नुपर्छ भन्ने कुरा सिकेर आएको हुन्छ । त्यसैले हामी पहिलो प्राथमिकता सधैं आफूूलाई दिन्छौं । त्यही कारण अहिले आफू बाँच्नका लागि मानिसहरू सामाजिक दूरी कायम गरेर बसिरहेका छन् । एक–अर्कासङ्ग तर्किरहेका छन् । अहिले कोरोनाको त्रासले मानिसहरुलाई एक–अर्काबाट टाढा बनाएको छ । मान्छे , मान्छेसँग डराउने,झसङ्ग हुने तर्सिने , एक–अर्कालाई अपेक्षा गर्ने ,पर सर्ने प्रवृत्ति बढ्दै गएको छ ।

यस्तो नकारात्मक प्रवृत्तिले मानिसलाई पछिसम्म नराम्रो असर पुर्याउन सक्छ । यस्तो अवस्थामा हामी सबैले आफूले अरुलाई गरिने व्यबहारप्रति ध्यान दिनुपर्छ । अरुलाई लाञ्छना लगाउने विषय निर्माण गर्नुभन्दा पनि सकारात्मक तरिकाबाट आफू , परिवार समाज हुँदै सिङ्गो राष्ट्रलाई नै क्षति नपु¥याउने गरि चेतनाको स्तर फराकिलो बनाई विभिन्न माध्यमबाट सचेतनाका सन्देशहरु प्रवाह गर्नुपर्छ । कसैलाई अपमानजनक व्यवहार गर्दैमा मात्र कोरोनाबाट बचिने होइन ,कतिपय अवस्थामा कोरोनाले भन्दा बढी क्षति मानिसको व्यवहारले पुर्याएको हुन्छ । त्यसैले यो समयमा मानिसहरूले एकअर्का प्रति आफ्नो मूर्खतापूर्ण व्यवहार देखाउन भन्दा पनि एक–अर्का प्रति उच्च मनोबल बढ्ने खालका सकारात्मक कुराहरू बाढ्न सक्नुपर्छ ।

दुनियाँमा सबै कुरा हाम्रो बुझाइमा भर पर्छ । सामाजिक दूरीलाई नकारात्मक तरिकाले बुझ्दा भविष्यमा बनेका सम्बन्धहरु पनि चिसिने र मानिसमा अझै धेरै समस्याहरु नआउलान् भन्न सकिँदैन । यी यस्ता समस्याहरुले कोरोना महामारी साम्य भएपछि पनि मानिसलाई सामाजिक रुपमा घुलमिल हुन समेत गार्हाे पर्नसक्छ। कोरोनाको कारणले अहिले एक–अर्काप्रति छुवाछूत पूर्ण व्यवहार गर्न थालिएको छ । रोग लागेको छ कि भनेर शंकाको दृष्टिले हेरेर मानिससँग सम्पर्क गर्न नखोज्नेहरु धेरै छन् । जसको कारण समाजमा पहिलेको तुलनामा अहिले मानिसहरूको एक–अर्काप्रतिको व्यवहार सहयोग लेनदेन , सद्भाव सबै घट्दै गएको देखिन्छ । अहिले हाम्रो समाजमा छिमेकीको घरमा कुनै सदस्य अन्य कुनै रोगबाट नै समस्यामा परेको छ भने पनि मानिसहरू पहिला जस्तो सद्भावना देखाउन छाडिसकेका छन् ।

छिमेकमा गुहारसम्म नपाउने स्थिति हामी सिर्जना गरिरहेका छौं । कैंयौं बिरामीले अस्पतालमा बेड नपाएर अकालमा ज्यान गुमाएका कैयौं घटनाहरु हामी सुन्दै आएका छौ । के यहीँ होत अहिलेको विकराल अवस्थामा कोरोना रोकथाम को उपाय ? के यसरी चल्न सक्छ त भोलिको हाम्रो समाज…? अहिलेको पिँढीले निम्त्याएका यस्तै हेयका दृष्टिले भोलि आउने पिँढीमा पनि सोही किमिका व्यवहार र स्वभावहरु देखा नपर्लान् भन्न सकिदैन । अहिले पछिल्लो समयमा कोरोनाको कारण विदेशमा अलपत्र परेका थुप्रै नेपाली नागरिकहरुलाई सरकारले निश्चित मापदण्ड अपनाएर स्वदेश फर्काएको छ । सबै नेपालीले सरकारले बनाएको निश्चित नीति नियमको पालना गर्दै क्वारेन्टाइन अवधी सकाएर कोरोना परीक्षण पछि मात्र आफ्नो परिवारमा सामेल हुने नीति पालना गर्दै आएका छन् ।

त्यसरी बिदेशबाट आएका ब्यक्तिहरुलाई पनि अहिले कतिपय समाजले गर्ने व्यबहार कता–कता निन्दनीय देखिन्छ । साथै परिवार भित्रै पनि बाहिरबाट आउने सदस्यलाई असहज व्यबहार देखाउने , अत्याउने ,उनिहरुको मनोबल गिराइदिने जस्ता नकारात्मक व्यबहारहरु देखिन्छन् । यी र यस्ता असहनिय व्यवहारले उनिहरुमा झन् ठूलो समस्याहरु देखिन सक्छन् । बिदेशबाट आउने सबै कोरोनाको पोको (संक्रमित) हुँदैनन् । हिजो उनिहरुले कमाएको पैसामा रमाइलो गर्ने हामीले अहिले उनीहरुको मनोबल घटाउने लाञ्छना लगाउने गर्नु हुँदैन । यसले उनिहरुलाई मानसिक रुपमा मर्माहत बनाउँछ । यस्तो बेलामा भेदभाव एकदमै खतरनाक हुन्छ । त्यसैले यो बेलामा सक्छौं । एक-अर्कालाई सहयोग गरौं , सक्दैनौं अरुलाई क्षति हुने अमानवीय व्यबहार पनि नगरौं ।भाइरस,संक्रमण र रोकथामको बहानामा सामाजिक सहिष्णुतामा आँच आउन नदिऔं ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई