Mar 31, 2023
बुटवल । रुपन्देहीमा एक युवा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
जिल्लाको कञ्चन गाउँपालिका वडा नं. ४ भैरबघाट रहेको कञ्चन खोलामा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने टेकबहादुर थापाका १८ वर्षका छोरा अर्जुन थापा खोलामा डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए । उनी लुम्बनी ज्ञान निकतन मा.वि.मा कक्षा ११ मा अध्ययनरत रहेका थिए ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय रुद्रपुरले उनको खोजी कार्य जारी राखेको प्रहरी प्रवक्ता खड्काले बताए ।
प्रतिकृया दिनुहोस्