१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

रामपुर । आधुनिक प्रविधिको प्रयोग र उन्नत जातका बीउबिजनले चैते धानको उत्पादन बढेपछि यहाँका कृषक खुशी भएका छन् । यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब २० मुरी धानको उत्पादन वृद्धि हुने रामपुर नगरपालिका–४ सदावर्तका कृषक विनोद श्रेष्ठ बताए । उनी वर्षेनी नौ रोपनी क्षेत्रफलमा धान लगाएर ३० देखि ३५ मुरीसम्म उत्पादन लिदै आएकामा यस वर्ष ५५ मुरी उत्पादन हुने अनुमान गर्छन् । “खेतमा लहलाउँदो धानका बाला झुलेका छन्, यस वर्ष बर्दियाबाट उन्नत जातको बीउ मगाएर धान लगाए, प्राविधिकको सल्लाह सुझाव पनि राम्रो पाएपछि खेती राम्रो भयो”, उनले भने ।

Advertisement

साढे सात रोपनी खेतमा धान लगाउनु भएका अर्का कृषक सुमित्रा थापा यस वर्ष पाँच मुरी बढी धान फलेपछि खुशी छिन् । धानखेती गर्ने राम्रो प्रविधिको ज्ञान सिकेपछि उत्पादन बढेको उनको ठम्याइ छ । यस वर्ष कृषि ज्ञान केन्द्र पाल्पाले रामपुर नगरपालिका– ४ स्थित तल्लो वडभान क्षेत्रमा चैते धानको पकेट कार्यक्रम सञ्चालन गरेको छ । ज्ञानकेन्द्र र पकेट समितिको रु १४/१४ लाखमा पकेट कार्यक्रम शुरु गरिएको थियो । दुई सय दुई रोपनी क्षेत्रफलमा २८ घरधुरीका कृषकले धान खेती गरेका छन् । ती कृषकलाई चार मिनिटिलर, दुई वटा पावर टिलर, दुई वटा रोटाभेटर, चार वटा धान काट्ने मेशिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल बीउबिजनलगायतका सामग्री प्रदान गरिएको समितिका अध्यक्ष ओमबहादुर रानाले जानकारी दिए । हाल चलन चल्तीमा आएका चैते १, चैते २, हर्दिनाथ, टाइचन, बगरे लगायतका चैते धानका जात हुन् । नगरपालिका क्षेत्रमा करिब ५०० रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । निस्दी गाउँपालिकामा करिब २८ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्छ । ढुङ्गानावेंसी, गल्धाफाँट, भोटाहा, लामेदमार, मुढाबास, दुनिडमारलगायतका क्षेत्रमा धान लगाउने गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताए ।

यस वर्ष धान राम्रै फलेकाले उत्पादन धेरै हुने ढुङ्गानावेंसीका कृषक पुर्खासिं सोती बताउँछन् । उनले करिब १० रोपनी जग्गामा धान लगाएका छन् । बगनासकाली गाउँपालिकाको पोखराथोक, चिर्तुङ्गधारा, यम्घालगायतका क्षेत्रका केही कृषकले धान लगाउने गरेका छन् । कुनैबेला चैते धानले मात्र हरियाली हुने माडीफाँटमा भने हिजोआज धान लगाउनै छाडिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् । धान लगाउने कृषक भने पछिल्ला समयमा कम रहेको उनको भनाइ छ ।

पूर्वखोला गाउँपालिकाको देवीनगर, जल्पा, रिङ्गनेरह क्षेत्रमा चैते धान लगाइन्छ । पछिल्ला वर्षमा कृषकले धान लगाउन कम गरे पनि उत्पादन लिन सफल भएको कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए । रम्भा गाउँपालिकाको हुँगी क्षेत्रमा पनि धान धेरै उत्पादन हुने गर्दछ । जिल्लामा ७०५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइन्छ । ज्ञानकेन्दका बागवानी विकास अधिकृत सन्तोष पाठकले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीन प्रविधि तथा यन्त्रको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको जानकारी दिए । चिउराका लागि चैते धान राम्रो मानिन्छ । ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्यालले धान उत्पादन वृद्धिका लागि कृषकलाई केन्द्रले आवश्यक सहयोग गरेको बताए ।

घाँसखेतीमा कृषकको आकर्षण

पशु आहारका लागि पोषिलो घाँस उत्पादन वृद्धि गर्न घाँसखेतीलाई व्यवसायीकरण गर्न थालिएको छ । जिल्लाका तानसेन, रामपुर नगरपालिका रम्भा गाउँपालिकालगायत विभिन्न क्षेत्रका कृषक व्यावसायिक घाँस उत्पादनमा लागेका छन् ।

भेटरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाले कृषक तथा समूह सहकारीको मागका आधारमा घाँसखेतीमा सहयोग गर्न थालेपछि कृषक सो खेतीतर्फ आकर्षित भएका हुन् । पशुपालन गर्ने कृषक बढ्दै जान थालेपछि पशु आहाराका लागि खाली रहेका जमिनमा घाँसखेती गर्न थालिएको छ । चालू आर्थिक वर्षमा केन्द्रले रामपुर नगरपालिकास्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थालाई घाँसको नर्सरी स्थापना गर्न सहयोग गरेको छ । पशुविज्ञ केन्द्रको रु १० लाख र सहकारीको रु १० लाख समन्वयमा घाँसखेती प्रवद्र्धन कार्यक्रमका लागि सम्झौता अगाडि बढाएको केन्द्रका प्रमुख डा चन्द्रबहादुर राना जानकारी दिए । सहकारीले यस वर्ष ६० कृषकलाई रामपुरमा नर्सरी स्थापना गर्न रु एक लाख बराबरको घाँसको बीउ वितरण गरेको अध्यक्ष कृष्णकुमार अर्यालले बताए ।

नेपाल सरकारसँग खरिद गरेको सुपर नेपियर, सिओफोर, मुलाटो, बदामे, पासपलाम र सुब्बा सेटरिया जातका घाँसको बीउ वितरण गरिएको व्यवस्थापक भविनारायण मरासिनीले बताए । सहकारीले कृषकलाई अनुदानमा बिरुवा उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो परेको अगुवा कृषक बलबहादुर राना जानकारी दिए । पशुविज्ञ केन्द्रले गत वर्षदेखि नै घाँसखेतीलाई व्यवसायीकरण गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । भेटरीनरी तथा पशुविज्ञ केन्द्रले सञ्चालन गरेको पाल्पाको तानसेन नगरपालिकास्थित धु्रवघाटमा करिब ३१ रोपनी क्षेत्रफलमा घाँसखेती छ । यहाँ डाले प्रजातिका बडहर, किम्बु, राई खनियो, टाँकी, कोइरालो, इपिलिपीलगायतका घाँसका बिरुवा उत्पादन गरिन्छ ।

यसअघि निःशुल्क घाँसका बिरुवा वितरण गर्ने गरिन्थ्यो भने यो वर्षदेखि प्रदेश सरकारले तोकेको शुल्कमा बिक्री गर्न थालिएको छ । यस वर्ष घाँसका बिरुवा बिक्री गरेर करिब रु तीन लाख बराबरको राजश्व सङ्कलन हुने केन्द्रले जनाएको छ । तानसेन नगरपालिका– ११ स्थित बृज एग्रो एण्ड रिसर्च सेन्टर, रिसर्च सेन्टर बाख्राफार्म, रम्भा गाउँपालिका– २ को फोक्सिङ्गकोट, रामपुर नगरपालिका– ३ स्थित गण्डकीढिक र वडा नं ७ मोहटी लगायतका क्षेत्रमा समूह तथा व्यक्तिगत तवरले घाँसखेती गरिँदै आइएको छ । जिल्लामा करिब एक दर्जनभन्दा बढी कृषक, समूह तथा सहकारीले व्यावसायिक घाँस खेतीको शुरुआत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग