१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

सर्लाही । जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्तीनै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयले बताएका छन् । लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि सोझै भारत जाने गरेको स्थानीयले बताएका छन् ।

Advertisement

लालबन्दी नगरपालिका ६, १५, १६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा स्टोरमा सङ्कलन भएपश्चात बाहिर निर्यात हुने गरेको पाइएको हो । नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने टिपर तथा ट्र्याक्टरका कारण पूर्वपश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर स्थानीयलाई आवतजावत गर्नसमेत समस्या भएको स्थानीय युवा रमेश अधिकारीले बताउनुभयो । नदीजन्य पदार्थ बोक्ने टिपर तथा ट्र्याक्टरका कारण लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न सडक भत्केर हिँड्नै नसक्ने अवस्थामा पुगेका स्थानीय अर्का युवा सुनिलकुमार साहले बताउनुभयो ।

खोला अनुगमन नहँुदा तथा जिल्ला समन्वय समिति र स्थानीय तहको मिलेमतोमा जिल्लाका खोला दोहनले तीव्रता पाएको छ । खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढङ्गले उत्खनन हुँदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदीएको लालबन्दीका स्थानिय युवा लक्ष्मण खड्काले बताउनुभयो । लालबन्दी नगरपालिकाको कालिन्जोर, फुजोर लखन्देही खोलामा वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत जथाभावी खोला ‘दोहन तथा उत्खनन’ हँुदासमेत सम्बन्धित निकायले वास्ता नगरेको यस क्षेत्रका स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय प्रहरीलाई जानकारी दिँदा पनि प्रहरीले कुनै वास्ता नगर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजस्व सङ्कलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकेदारको मनोबल बढ्दै गएको हो । ठेकेदारले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकासँग पनि छैन ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग