ताजा अपडेट »

क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य सामाग्री वितरण

आइतबार, २५ जेठ २०७७, २० : ४५
4 Shares

गुल्मी । विश्व यतिबेला कोरोना भाइरस (कोभिड-१९) का कारण महामारीको चपेटामा छ । यतिबेला नेपालमा पनि विभिन्न संघ संस्थाले कोरोना भाइरससँग सम्बिन्धत रहेर स्वास्थ्य लगायत विभिन्न सहयोग गर्दै आएका छन् ।

यसै क्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाले कोरोना महामारी नियन्त्रणका लागि सहयोग स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई लक्षित गरि जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर १ र २ मा पुगेर स्वास्थ्य सामाग्री हस्तातरण गरिएको प्रतिष्ठान गुल्मीका निवर्तमान अध्यक्ष जनक पन्थले बताए । प्रतिष्ठानले भारत लगायत तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा बसेका नागरिकहरुका लागि १५ हजार बराबरको माक्स, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठान गुल्मीका पन्थले बताए । प्रतिष्ठानका पदाधिकारीहरुले वडामै पुगी २ सय पिस माक्स, ४ लिटर सेनेटाइजर सहयोग गरेका हुन् ।

स्वास्थ्य सामग्री प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले गाउँपालिका उपाध्यक्ष विमला खत्री मार्फत वडा नम्बर–१ का वडा अध्यक्ष चुराबहादुर खत्री, वडा नम्बर–२ का वडा अध्यक्ष टिका रेस्मीलाई हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष खत्रीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्न क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई केही भए पनि राहत मिलोस् भन्नका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताए ।

विश्व नै महामारीमा लडिरहेको बेला प्रतिष्ठानले गरेको सहयोग ठूलो रहेको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन । प्रतिष्ठान गुल्मीले लोक संस्कृति संरक्षणसँगै जिल्लामा बिपद व्यवस्थापनमा समेत सहयोग गर्दैै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।