ताजा अपडेट »

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघ्यो, मृत्यु हुने ७ हजार नजिक

आइतबार, २५ जेठ २०७७, ११ : ४७
6 Shares

नयाँ दिल्ली । भारतमा कोरोनाका कारण शनिबारमात्रै २९७ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भारतमा हालसम्म ६ हजार ९४६ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो रिपोर्ट अनुसार शनिबारमात्रै १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म २ लाख ४६ हजारभन्दा बढी संक्रमित रहेको तथ्यांक छ । १ लाख १८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा भारतले इटालीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौं अग्रपंक्तिमा रहेको इटालीलाई उछिनेर अहिले भारत पाँचौं स्थानमा पुगेको हो ।

इटालीमा भने अहिलेसम्म दुई लाख ३५ हजार ५३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतमाभन्दा इटालीमा अत्यधिक रहेको छ । इटालीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेका छन् । त्यहाँ कुल ८० हजार २२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

ती मध्ये ४२ हजार २२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् -रासस/एएनआई

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।