ताजा अपडेट »

कोरोना अपडेट : विश्वमा ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित

विहीबार, २२ जेठ २०७७, ०८ : ३३
6 Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८७ हजार ९१३ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ६७ हजार ४०४ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३१ लाख ६८ हजार ९२९ जना निको भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ९० हजार जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा ९ लाख ४७ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४२ हजार ७२२ को मृत्यु भएको छ । युरोपमा २० लाख २४ हजार १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७५ हजार ८७३ को मृत्यु भएको छ । एसियामा १२ लाख १५ हजार १६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार १३९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म २ हजार ३०० मा संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु र २७८ जना निको भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।