ताजा अपडेट »

जापानद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण

विहीबार, १८ बैशाख २०७७, १६ : ०३
4 Shares

बुटवल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ ।

जापानस्थित नेपाली दूतावासले आज बिहीबार विज्ञप्ति जारी गरी उक्त अवार्ड पौडेललाई दिने निर्णय गरेको हो। पूर्व-सभामुखसमेत रहेका पौडेललाई जापान सरकारले नेपाल र जापानको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेबापत विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।