ताजा अपडेट »

हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

बुधबार, ०३ बैशाख २०७७, १७ : ३९
10 Shares

बुटवल । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली भई देशका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थान तथा पश्चिमी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ। हाल देशको मध्य र पूर्वका अधिकांश भूभागमा र पश्चिमका केही भूभाग पूर्ण बदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ र बाँकी भूभागमा आंशिक बदली रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ। बिहीबार देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भूभागका एकदुई स्थानका साथै पूर्वी भूभागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।