ताजा अपडेट »

चीनमा कोरोना विरुद्धका दुई खोपलाई मानिसमाथि परीक्षणको अनुमति

मंगलबार, ०२ बैशाख २०७७, ०८ : ४७
4 Shares

काठमाडौ । चीनले कोरोनाभाइरसविरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि अनुमति दिएको छ ।

सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेका छन् । यसअघि गत मार्चमा चिनियाँ जनमुक्ति सेनाको एकाडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खोपलाई पनि क्लिनिकल परीक्षणका लागि चीनले अनुमित दिएको थियो ।

अमेरिकी औषधी निर्माता कम्पनी मोर्डेनाले आफूले निर्माण गरेको खोपको मानिसमाथि परीक्षण शुरु गरेको जनाएको केही समयमा नै चीनले सो घोषणा गरेको थियो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर १९ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित बनेका छन्।

यसबाट १ लाख १९ हजार ६०० जनाले ज्यान गुमाइसकेका छन् भने ४ लाख ५० हजार निको भएका छन् ।न्युयोर्क सहरमा मात्र १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोत : स्ट्रेटटाइम्स

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।