२१ माघ २०७९, शनिबार

Feb 4, 2023

डडेल्धुर । सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन् । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए ।

उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ उनीहरु सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । आइतबार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो। नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै