ताजा अपडेट »

नेकपाको अगुवा कार्यकर्ता प्रशिक्षण

सोमबार, १३ फागुन २०७५, ०९ : ३०
10 Shares

फागुन १३,
जीवन परियार
बुटवल । नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) बुटवल –१५ र १६ को संयुक्त रुपमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी २०० जना अगुवा कार्यकर्तालाई ने.क.पाका नेता तिलक भुषाल,प्रेम गुरुङ लगाएतले प्रशिक्षण गराएका हन् । सो अवसरमा बोल्दै नेता भुसालले केन्द्र सरकार र बुटवल उप–महानगरपालिकाबाट १८ महिनाको अवधिमा भएगरेका महत्वपूूर्ण कामहरुको बिवरण समेत बताउँदै जनतामाझ सुचित गर्न अगुवा कार्यकर्तालाइ आग्रह पनि गरे ।


नेपाल कम्युनिष्ट पार्टी बुटवल–१६ का अध्यक्ष रामराजा तिवारीको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रममा वडा न.१५ का वडाध्यक्ष डम्मर भण्डारी र बुटवल उप–महानगरपालिका प्रबक्ता तथा वडा न. १६ का वडाध्यक्ष राम प्रसाद रेग्मीले आफ्नो वडामा भएका महत्वपूूर्ण कामहरुको जानकारी गराएका छन् ।

ने.क.पा बुटवल–१५ का सचिब सनी मगरको सञ्चालनमा भएको कार्यक्रममा नगर कमिटि सचिब नारायण बन्जाडे र नेता प्रेम गुरुङको मन्तब्य रहेको थियो.भने नेता बुद्धि ढकाल,रामप्रसाद रेग्मी,पूर्ण काफ्ले,शक्ति प्रसाद सापकोटा,राम बहादुर थापा,नगेन्द्र आचार्य,चम्पा रेग्मी,अञ्जली गोतामे,बालकुमारी आचार्य लगाएतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।