ताजा अपडेट »

आर्सनलका खेलाडी क्वारेन्टाइनमा

विहीबार, २९ फागुन २०७६, १३ : ५२

काठमाडौं । इङ्गलिस क्लब आर्सनलले आफ्ना सबै खेलाडीलाई क्वारेन्टाइनमा राखेको छ । कोरोना संक्रमित ग्रिक क्लब ओलम्पियाकोजका अध्यक्ष भेनगेलिस मारिनकिससँग भेटेपछि खेलाडीसहित चार कर्मचारीलाई क्वारेन्टाइनमा राखेको हो ।

फेब्रुअरीको अन्त्यतिर युरोपा लिगको खेलमा आर्सनलले ओलम्पियाकोजसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा आर्सनल १-० ले विजयी भएको थियो । खेल समाप्तीपछि आर्सनलका खेलाडीहरुले कोरोना संक्रमित मारिनकिसलसँग भेटेका थिए । त्यसलगत्तै खेलाडीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

आर्सनलले भनेको छ, ‘सरकारले तय गरेको आचारसंहितालाई हामी कडाइसँग लागू गरिरहेका छौं । कोरोना भाइरस भएको व्यक्तिसँग सम्पर्कमा रहेका कसैलाई पनि १४ दिन आफ्नो घरबाट टाढा अलगै राख्नुपर्ने नियमअनुसार हामीले त्यही काम गरेका छौं । बुधबार राति म्यानचेस्टर सिटीविरुद्ध हुने खेलका लागि ती कोही पनि खेलाडी उपलब्ध हुन सक्दैनन् । त्यसैले प्रिमियर लिगले यो खेल रद्द गर्ने निर्णय गरेको हो ।’

प्रिमियर लिगमा कोरोनाको कारण म्यानचेष्टर सिटि र आर्सनलको खेल स्थगित भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।