Mar 29, 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भैरहेको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले सोमबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यस्थितीमा सन्तोषजनक सुधार भैरहेको र उनको नियमित खानपान, हिँडडुल तथा व्यायामलाई निरन्तरता दिइएको जानकारी दिएका हुन् ।
यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिने उनकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्