१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । घरेलु टोली बंगलादेशले पाहुना टिम जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । शुक्रबार राति सिलेटमा भएको अन्तिम तथा तेस्रो खेलमा बंगलादेशले जिम्बावेलाई डिएल नियमको आधारमा एक सय २३ रनले हरायो । यससँगै बंगलादेशले सिरिज ३–० ले क्लिन स्विप गरेको हो ।

बर्षाले प्रभावित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले बर्षाले खेल रोकिनु अघि ४३ ओभरमा तीन विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो । बंगलादेशका लागि तमिम इकबाल र लिटोन दासले शतक प्रहार गरे । लिटोनले एक सय ७६ र इकबालले एक सय २८ रन बनाए । जिम्बावेका कार्ल मुम्बाले तीन विकेट लिए । यसपछि जिम्बावेले डिएल नियमका आधारमा ४३ ओभरमा तीन सय ४२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको जिम्बावे ३७.३ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो ।

जिम्बावेका सिकन्दर राजाले ६१, वेस्ले माधिभिराले ४२, रेगिस चाकभाले ३४ र कप्तान सिन विलियम्सले ३० रन बनाए । बंगलादेशका मोहमद साइफुदिनले चार र ताइजुल इस्लामले दुई विकेट लिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै