Mar 30, 2023
अर्घाखाँची । लोकदोहारी क्षेत्रबाट धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्दै चर्चामा रहेका लोकप्रिय गायक तथा कुशल सर्जक गणेश अधिकारीको स्वरमा अर्को नयाँ शास्त्र सार्वजनिक भएको छ ।
चर्चित गायिका विष्णु माझी र गणेश अधिकारीको आफ्नै आवाजमा रहेको गितलाइ अधिकारीले नै शब्द लय तथा शब्द गरेका छन् । शास्त्र नामक एल्बममा पछिल्लो समयका निकै चर्चित मोडेलहरु आशिर प्रताप जंग, सारिका केसी र सानी परियारले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
कपिल लामाको निर्देशन रहेको गितलाई छायांकन दिपक गिरिले गरेका छन् । योग्सना डिजिटल प्रा.लिबाट सार्वजनिक भएको उक्त योग्सना डिजिटलको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्