ताजा अपडेट »

रङ्गशाला निर्माण सहयोगार्थ ‘सेन्टी भाइरस’ देखाउँदै ‘सेन्ट्रल कलेज’

बुधबार, २१ फागुन २०७६, २० : ०६
8 Shares

बुटवल । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्ने तथा अध्ययनका लागि जापान पठाउने सेन्ट्रल कलेजले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने उद्देश्यका साथ आफ्ना विद्यार्थी,कर्मचारी ,शुभेच्छुक लगाएतलाई चलचित्र सेन्टी भाइरस अवलोकन गराएको छ । कलेजले हालसम्म चितवन र बुटवलका तीन फिल्म हलमा तीन शो बुकिङ्ग गरी ‘चलचित्र सेन्टी भाइरस’ प्रदर्शन गरेको कलेजका प्रबन्ध निर्देशक वाई .बि.पौडेलले जानकारी गराए । यसै क्रममा मंगलबार कलेजले बुटवलका दुई हलमा निःशुल्क चलचित्र प्रदर्शन गरेको छ । बुटवल मिलनचोक स्थित मिलन हलमा दुई र भाटभटेनीमा रहेको क्यूएफएक्समा एक सो गरी तीन शो प्रदर्शन गरेको छ ।

दुबै हलको सीट क्षमता अनुसार शो बुकिङ्ग गरी चलचित्र प्रदर्शन गरिएको प्रबन्ध निर्देशक पौडेलले बताए । उनले भने ‘हामीले विदेश जान चाहाने विद्यार्थीहरुका लागि भाषा अध्यापन,परामर्श र भिसा प्रोसेससँगै सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रकै गौरव रङ्गशाला निर्माणका लागि चलचित्रको आम्दानीबाट ५० प्रतिशत सहयोग हुने हुँदा सहयोगार्थ चलचित्रका शो खरिद गरी प्रदर्शन गरेका हौं।’ । बुटवलमा प्रदर्शन गरिएको तीन शोमा २ हजार भन्दा बढीले चलचित्र अवलोकन गरेको सेन्ट्रल कलेज बुटवलकी प्रबन्ध निर्देशक अञ्जु ज्ञवालीले गराइन् । चलचित्र अलोकनका लागि कलेजका विद्यार्थी,शिक्षक,कर्मचारी,शुभेच्छुक लगाएतको उत्साहजनक सहभागिता रहेको उनले बताइन् ।

अभियानमा रङ्गशाला निर्माण कार्यमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष तथा चलचित्र सेन्टी भाइरसकी नायिका कुुञ्जना घिमिरे‘सुन्तली’, चर्चित हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’,सुरज चापागाइँ ‘बान्द्रे’,रङ्गशाला निर्माणार्थ सहयोग अभियानका अर्जुन भुसाल,चलचित्र पत्रकार संघ, चितवनका अध्यक्ष रवि अधिकारी,रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ,फाउण्डेशनका लागि बुटवलबाट सहयोग जुटाउने अभियानका अभियन्ता केशरी पाण्डे,गोर्खाली समूहका अध्यक्ष भरत पुरी , दारी ग्याङ्गका अध्यक्ष सुज पन्थ लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै फाउण्डेशनकी उपाध्यक्ष तथा कलाकार घिमिरेले रङ्गशाला निर्माणमा सबैको साथ मिलेको बताउँदै चलचित्रलाई माया गरेर सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् । त्यसैगरी हाँस्यकलाकार पाँडेले रङ्गशाला सबै नेपालीको साझा सपना भएको हुँदा धुर्मुस सुन्तलीको अभियानमा आफू लागेको बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरे ।

सेन्ट्रल कलेजको चलचित्र प्रदर्शन र सहयोग अभियान अन्तर्गत बुधबार पोखराका हल बुकिङ गरी चलचित्र प्रदर्शन गरिने कलेजका प्रबन्ध निर्देशक वाई.बि.पौडेलले बताए। चर्चित तथा बहुप्रतिक्षित खेल मैदान गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यका साथ निर्मित चलचित्र ‘सेन्टी भाइरसमा चर्चित हाँस्यकलाकार तथा रङ्गशाला निर्माण गर्ने ‘धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम घिमिरे‘धुर्मस, ,उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली‘, नायक दयाह्याङ्ग राई ,बुद्धि तामाङ्ग,विल्शन विक्रम राई ,एलिश राई , पवन खतिवडा, राजाराम पौडेल,निर्मल शर्मा लगाएतका कलाकाहरुको अभिनय रहेको छ । नेपाली राजनीतिक र सामाजिक वृत्तमा आधारित रहेर बनेको चलचित्रले मुलुकको राजनीतिक स्थिति र नेतृत्वको चरित्रलाई मुख्य विषय बनाएको छ । फागुन ९ गते महाशिव रात्रीदेखि देशभर प्रदर्शनमा आएको चलचित्र दोस्रो हफ्तामा प्रदर्शन भइरहेको छ भने उल्लेख्य कारोबार पनि गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।